एमबाप्पेको दुई गोल, पीएसजी फ्रेन्च कपको अन्तिम १६ मा

लोकपथ
0
Shares

काठमाडौं । जितसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिवार राति भएको खेलमा ब्रेस्टलाई ३-० गोल अन्तरले पराजित पीएसजीले अन्तिम १६ मा प्रवेश गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । पाब्लो साराबियाले एक गोल थपे । खेलको नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा साराबियाले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।

खेलको ७४ औं मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?