मोराटाको दुई गोलमा युभेन्टस विजयी

लोकपथ
0
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले सहज जित हात पारेको छ । शनिवार राति भएको खेलमा युभेन्टसले लाजियोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर युभेन्टसले जित निकालेको हो । खेलको १४ औं मिनेटमा जोआकिन कोर्रेयाले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।

खेलको ३९ औं मिनेटमा एड्रिन राबिओटले गोल गर्दै युभेन्टसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ५७ औं मिनेटमा मोराटाले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ६० औं मिनेटमा मोराटाले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई ३-१ को जित दिलाए ।

जितसँगै युभेन्टसले २५ खेलमा ५२ अंक जोडेको छ ।

युभेन्टस लिगको तेस्रो स्थानमा रहेको छ । लाजियो ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?