चाबहिलमा आधुनिक तरकारी बजार सञ्चालनमा

काठमाडौं । काठमाडौंको चाबहिलमा आधुनिक फलफूल तथा तरकारी बजार सञ्चालनमा आएको छ ।

शनिवार एक कार्यक्रमकाबीच उक्त तरकारी बजारको उद्घाटन गरिएको छ ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले उक्त तरकारी बजारको उद्घाटन गरेकी हुन् ।

हाल उक्त बजारमा २५० वटा स्टल राखिएको तरकारी बजारका अध्यक्ष रविन्द्र ज्वारचनले जानकारी दिए ।

चाबहिलस्थित ओम अस्पतालको पछाडि सञ्चालनमा ल्याइएको उक्त बजारमा उपभोक्तालाई सस्तो मूल्यमा ताजा तरकारी तथा फलफूल उपलब्ध गराउने उदेश्य रहेको अध्यक्ष ज्वारचनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?