लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको पुनरागमन जित

लोकपथ
0
Shares

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले जित हात पारेको छ । शनिवार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डविरुद्ध ४-२ गोल अन्तरको जित हात पारेको हो ।

घरेलु मैदानमा रोबर्टो लेवान्डोस्कीले ह्याट्रिक गरेसँगै बायर्नले डर्टमण्डविरुद्ध पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो । खेलको दोस्रो मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई १-० को अग्रता दिलाएका थिए ।

Image

नवौं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले २-० को अग्रता बनायो । तर, खेलको २६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ४४ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो । पहिलो हाफ २-२ को बराबरीमा सकिएको खेलको ८८ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै बायर्नलाई ३-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दो बायर्नलाई ४-२ को जित दिलाए । जितसँगै बायर्नले लिगमा शीर्ष स्थान यथावत राख्न सफल भएको छ ।

बायर्नले २४ खेलमा ५५ अंक जोडेको छ । बायर्न दोस्रो स्थानको आरबी लाइपजिगभन्दा २ अंकले अघि रहेको छ ।

डर्टमण्ड ३९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?