नेकपा नाम विवादमा सर्वोच्चले आज फैसला दिने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादमा आज आइतवार फैसला गर्ने भएको छ । सत्तारुढ दल नेकपाभित्र दलको आधिकारिकता विवाद चरम अवस्थामा पुगेका बेला सर्वोच्चले नेकपा नाम विवादमा फैसला सुनाउन लागेको हो ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने मिति तोके पनि अदालत बिदा भएपछि फैसलाको मिति पर सरेको थियो ।

निर्वाचन आयोगले आफूले दर्ता गरेको नेकपा अरुलाई दिएको भन्दै ऋषि कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि कट्टेल अध्यक्ष रहेको नेकपाले विरोध जनाएको थियो ।

सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुने मात्र नभइ उक्त पार्टीमा चलिरहेको आधिकारिकताको विषयको बहस समेत फरक पाटोबाट चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?