लेस्टर सिटी तालिकाको दोस्रो स्थानमा उक्लियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । गए राति अवे मैदानमा भएको खेलमा ब्राइटनमाथि २–१ गोलको पुनरागमन जित दर्ता गर्दै दोस्रो स्थानमा उक्लिएको हो ।

लेस्टरका लागि इहिनाचो र अमार्त्यले एक एक गोल गर्दा ब्राइटनका लागि लालनाले एक गोल गरे । १० औँ मिनेटमा लालनाको गोलबाट ब्राइटनले सुरुवाति अग्रता लिएको थियो । ६२ औँ मिनेटमा इहिनाचोले लेस्टर सिटीका लागि बराबरी गोल गरे । ८७ औँ मिनेटमा अमार्त्यले गोल गरेपछि लेस्टर विजयी भएको हो ।

जितपछि दोस्रो स्थानमा उक्लिएको लेस्टरको ५३ अंक भएको छ भने एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ५१ अंकका साथ तेस्रो स्थानमा रहेको छ । म्यानचेस्टर सिटी भने ६५ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?