विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता भूमिगत अवस्थाबाट खुला रुपमा आउन थालेका छन् । प्रतिबन्ध फुकुवाअघि उनीहरु निकै सीमित भेटघाट र अनौपचारिक सम्पर्कमा मात्रै रहन्थे ।
आज प्रकाशित कान्तिपुर दैनिकका अनुसार खुला राजनीतिमा आएपछि पनि विप्लवले तत्काल राजनीतिक दल दर्ता नगर्ने मनस्थिति बनाएका छन् । यस्तै सबै राजनीतिक शक्तिसँग सर्वपक्षीय सम्मेलन र अन्तरिम सरकारका लागि संवाद चलाउने पनि विप्लव समूहले योजना बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया