राज्यमन्त्रीले आफ्नो सिनेमा हल जोगाउन यतिसम्म गरे

लोकपथ
0
Shares

काठमाडौँ । बालाजु सडक विस्तारको तयारी भइरहँदा २०७० सालतिर अहिलेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर आफ्ना कार्यकर्ता मीनबहादुर शाहीसँग भनिरहन्थे, ‘चुनाव जितिनँ भने मेरो हल भत्किन्छ ।’ नभन्दै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मानन्धर सभासद बने । ‘चुनाव जितेपछि बाटो विस्तार गर्दा आफ्नो हल जोगाए’, शाहीले भने, ‘दोस्रोपटक प्रतिनिधिसभा सदस्य जितेपछि झन् कम्पाउण्डै लगाएछन् ।’
बालाजु चोकबाट सय मिटर नुवाकोटतिर जाने सडकको दायाँ छेउमा छ मानधरको अष्टनारायण पिक्चर्स । सडक विस्तारका लागि यो हलमा पनि रातो रङले चिनो लगाइएको थियो तर सत्तामा रहेका मानन्धरको हल भत्किएन । आफ्नो सिनेमा हल जोगाएर सर्वसाधारणको चाहिँ उठीबास लगाइदिएको भन्दै पीडित आक्रोशित छन् । शाहीले त मानन्धरको पार्टी नै छाडिदिए । आजको कान्तिपुर दैनिक लेख्छ–काठमाडौं उपत्यका विकास प्राधिकरणको मापदण्डअनुसार सडक विस्तार गर्दा हल भत्काउनुपर्ने हुन्थ्यो तर मानन्धरले छुन नदिँदा सडकको बायाँतिरको सार्वजनिक जग्गा मासिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?