१४ जेष्ठ २०८०, आईतवार

सुर्खेतमा विवेकशील साझाको उपस्थिती, अन्य दललाई टाउको दुखाई

२०७४,आश्विन,१९,बिहीवार ०३:२२

0
Shares

सुर्खेत, १९ असोज ।विवेकशील साझा पार्टीले सुर्खेतको निर्वाचन क्षेत्र नं २ मा आफ्नो संगठन विस्तार गरेको छ । बिरेन्द्रनगरमा बुधवार सम्पन्न क्षेत्र नं.२ को भेलाले पदम खनाललाई संयोजकको जिम्वेवमरी दिदैं संगठन निर्माणको अभियानलाई तिव्रता दिएको हो ।वैकल्पिक राजनीतिक शक्तिको रुपमा भर्खरै मात्र उदाएको विवेकशील साझामा समाजका लब्धप्रतिष्ठित व्यक्तित्व र शिक्षित युवाहरुको आकर्षण बढेको पार्टीका सुर्खेत संयोजक ओमदत्त रेग्मीले बताए । पार्टीले लिएका पद्धती, पारदर्शिता, ईमानदारीता र उत्कृष्टताको नीतिकै कारण पार्टीप्रति आकर्षण बढेको रेग्मीको भनाई छ ।भेलामा उपस्थित पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं.६ का संयोजक गेन्द्र प्रसाद दाहालले पार्टी संगठन निर्माण संगसंगै प्रदेश सभा र संघिय सभा निर्वाचनमा होमिने बताए । दाहालले बिहिवार बस्ने जिल्ला संयोजन समितीको बैठकले उमेदवारको विषयमा टुंगो लगाउने जानकारी दिए ।काँग्रेसको गढका रुपमा परिचित सुर्खेतमा वैकल्पिक राजनीतिक शक्तिको रुपमा विवेकशील साझा पार्टी चुनौतीको रुपमा खडा भएको र यस्ले नयाँ राजनीतिक संस्कार र समृद्धिको ढोका खोल्ने विवेकशील साझा पार्टीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०३:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

काठमाडौं । टिकापुर हत्या काण्डका दोषी पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिने तयारीबारे सर्वोच्चमा रिट परेको छ । आइतबार

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९