फर्निचर उद्योगमा आगलागी हुँदा ५ करोडको क्षती

टेकसिँह धामी/धनगढी । कैलालीको धनगढीमा अवस्थित एक फर्निचर उद्योगमा शनिवार आगलागी भएको छ । धनगढीको चटकपुरमा रहेको आलोक मल्टी कन्सर्नमा आगलागी भएको हो । आगलागीबाट ५ करोड बराबरको क्षती भएको प्रारम्भिक अनुमान छ ।

धनगढीमा फर्निचर उद्योग स्थापना गरेर सुदूरपश्चिमका ९ ओटै जिल्लाहरुमा कार्यक्षेत्र विस्तार गर्ने डिजाइनमा भोजराज भट्टले उक्त कन्सर्न सन्चालनमा ल्याएका थिए । लामो समय डडेल्धुरामा व्यवसाय गरेका उनको सुदूरपश्चिम प्रदेश लक्षित उत्पादन गर्ने सपना थियो । युवा व्यवसायी भट्टको त्यो सपना पल भरमै जल्यो । करिब ३ करोडको लगानीमा सञ्चालित उद्योगलाई थप व्यवस्थित गरेर उद्घाटन गर्ने तयारी थालेका भोजराजलाई उद्घाटनको मौका नै मिलेन ।

आलोक मल्टी कन्सर्न (आगलागी अघि)

उद्घाटनको तयारीमा रहेको उधोग एक्कासी सल्केको आगोले ध्वस्त बनेको हो । उधोगमा करिव २० जनाको हाराहारीमा कामदार कार्यरत थिए । आगलागीको कारण भने खुल्न बाँकी रहेको कैलाली प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?