कांग्रेस नेता गिरीलाई पितृशोक

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीका पिता प्रजातन्त्र सेनानी लोकमणि गिरीको आज तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै केन्द्रीय सदस्य दीपक गिरीलगायत सबै शोकसन्तप्त परिवारजनमा पार्टी र अफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।

विसं १९९४ मा जन्मिएका गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?