प्रदेश प्रमुख डा झाद्वारा सडक दुर्घटनाका घाइतेको उद्धार

लोकपथ
0
Shares

कर्णाली भ्रमणमा आएका प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश अहिराजले सुर्खेतका सडक दुर्घटनामा परी घाइते भएका चालकको उद्धार गरेका छन् । प्रदेश प्रमुख झाले आज रत्न राजमार्गको हर्रे नजिक दुई मिनीट्रक आपसमा जुध्दा घाइते भएका चालक शेरबहादुर सिंहलाई आफ्नै गाडीमा राखेर अस्पताल पु¥याएका हुन् ।

इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले कोहलपुरबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२–००१ख०२५६ नम्बरको मिनीट्रक र सुर्खेतबाट कोहलपुरतर्फ गइरहेको बा५ख ५२०४ नंको मिनीट्रक आपसमा जुध्दा चालक सिंह गम्भीर घाइते भएको जनाएको छ । घाइते चालकलाई प्रदेश प्रमुख झाले तत्कालै उद्धार गरी कोहलपुर मेडिकल कलेज पु¥याएका हुन् । प्रहरी जवान सुरेन्द्र रेग्मीले घाइते चालक कर्णाली प्रदेश ०२००१ख ०२५६ नंको मिनीट्रकका चालक रहेको तथा उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जानकारी दिए ।

प्रदेश प्रमुख झाले सुर्खेतबाट फर्कँदै गर्दा दुर्घटना भएर छटपटाइरहेका घाइतेलाई देखेपछि उद्धार गरी अस्पताल पु¥याएको उल्लेख गरेका छन् । सबै प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट गर्ने क्रममा प्रदेश प्रमुख झा कर्णाली आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?