२०७७, २२ फाल्गुन शनिवार १६:५९

ओली समूहको संसदीय दलको बैठक : बहुमत सांसद उपस्थित भएको दाबी


प्रकाशित मिति : २०७७, २२ फाल्गुन शनिवार १६:५९

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको संसदीय दलको बैठक शनिवार बसेको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा बहुमत सांसद् उपस्थित भएको दाबी गरिएको छ ।

राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका सांसद् खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दाबी गरे ।

उनले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको दाबी गरेका हुन् ।

ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने भनिएपनि अन्तिममा बालुवाटारमा नै बस्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस