प्रचण्डले ओलीलाई किन दिए ‘कुहिएको अण्डा’को संज्ञा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै “कुहिएको अण्डा”को संज्ञा दिएका छन् ।

शनिवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्टहरु बिग्रिए पनि कामै नलाग्ने गरि कुहिएर जाने बताएका हुन् । कम्युनिष्ट आन्दोलन बैज्ञानिक मान्यतामा आधारित आन्दोलन भएको भएतापनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधै चलिरहने स्पष्ट पारे । उनले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष पनि भएको बताए । माओले बिग्रिएका कम्युनिष्टलाई कुहेको अण्डाको संज्ञा दिएको दृष्टान्त दिदै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली पनि “कुहिएको अण्डा” भएको बताए ।

उनले भने “एकपटक माओसेतुङले बिग्रेका कम्युनिष्टका बारेमा भन्दा भन्नुभएको थियो । अण्डा स्वास्थ्यको लागि राम्रो कुरा हो । तर अण्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुदैन । कम्युनिष्टहरु राम्रा हुन्छन् तर गन्हाउन थाले विग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो कोहिपनि हुदैन । केपी ओली त्यही कुहेको अण्डा हो । कुहेको गन्हाएको अण्डालाई खाईदैन नि । त्यसलाई गाडिन्छ या जलाईन्छ । तपाई हामी चाही स्वस्थ्यवद्र्धक जीवनशिल तत्व हो । ”

प्रतिनिधिसभा विघटन भएको दिन आफुले प्रतिक्रान्तिको षडयन्त्र विरु ज्नयुद्ध सुरु भएको भनेको स्मरण गर्दे उहाँले सर्वोच्चको फैसला संगै सबै बिजयी भएको बताए ।

उनले भने “मैले प्रतिक्रान्तिको षडयन्त्रको विरुद्ध शान्तिपुर्ण रुपले नयाँ जनयुद्ध सुरु भयो भनेको थिएँ । जनयुद्धमा सर्वोच्चको फैसला पछि तपाई हामी सबै बिजयी भएको अवस्था हो । ”

उहाँले विभिन्न शक्तिको चलखेलका कारण कम्युनिष्ट आन्दोलनका सहकर्मी साथीहरु अलग भएको भन्दै उहाँले अहिले फेरि कम्युनिष्ट आन्दोलनमा समाहित हुन आएकोमा खुसी व्यक्त गरे । उनले नेत्र बिक्रम चन्द पनि आफ्नै बाटोमा आएकोमा खुसी हुदै उहाँलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताए ।

उनले “बिप्लव जी पनि(उहाँ) अन्तत्वगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आईपुग्नुभएको छ । यसअर्थमा म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिटै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु । अन्तत उहाँ यही ठाउँमा,यही लाइनमा ,यही टिममा आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ म बाट अलगिनुभयो । एउटा दिन आउनेछ, जुन दिन तपाई यहाँ हुनुहुनेछ भनेको थिएँ । एउटा कालखण्डमा एउटै मात्र प्रचण्ड हुन्छ । दुईवटा पात्र एकैचोटी हुदैन । एउटा कालखण्डमा एउटा क्रान्ति हुन्छ, दुईवटा प्रचण्ड हुदैन भनेकै थिएँ । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो । ”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?