७० औँ वार्षिकोत्सवको अवसरमा चेम्बर अफ कमर्सको दौड प्रतियोगिता

लोकपथ
0
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइरहेको छ ।

नेपाल चेम्बर अफ कमर्सले शनिवार काठामाडौंमा आयोजित दौड प्रतियोगिता आयोजना गरेको थियो । दौड प्रतियोगिताका विजयीहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका छन् । रन फर फन नाम दिएको प्रतियोगितामा ३१५ जना खेलाडी सहभागी भएका थिए ।

पुरस्कार वितरण समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताए । विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलगअलग दौड प्रतियोगिता गरिएको थियो । कार्यक्रममा वरिष्ठ म्याराथन धावकहरू वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई सम्मानित गरिएको छ ।

२००७ सालमा प्रजातन्त्रको स्थापनासँगै चेम्बरले समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउँदै अध्यक्ष श्रेष्ठले समाजका सबै क्षेत्रहरूमा व्यवसायीहरू अग्रपंक्तिमा रहेको बताए । स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चेम्बरले चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम, दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ । नेपाल महिला चेम्बरले व्यापारिक प्रर्दशनी तथा मेला आयोजना गर्दै छ । चेम्बरले गल्फ प्रतियोगिता पनि गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?