किसानको समस्या सरकारले समाधान गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको हरेक क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले प्रयास गरिरहेको बताएका छन् ।

किसान सूचीकरण आत्मनिर्भरका लागि पहिलो खुड्किला रहेको बताउँदै उनले नेपाल अल्पविकसित देशबाट विकसित देशको रुपमा अगाडि बढेको समेत बताए ।

किसान सूचीकरण राष्ट्रिय अभियानलाई शनिवार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले एक वर्ष कोरोनाका कारण देशको विकासमा असर पुगेपनि कृषिमा त्यति असर नगरेको बताए ।

यो सूचीकरणले किसानको अवस्थाको बारेमा स्पष्ट पार्ने उनले बताए । किसान पहिचान भइसकेपछि उनीहरुलाई केके चाहिन्छ त्यो सबै सरकारले पुरा गर्ने बताउँदै उनले किसानलाई प्रविधिसँग जोड्नु पर्ने कुरामा जोड दिए । प्रत्येक पालिकामा किसानको लागि तालिमको व्यवस्था गर्नु पर्ने भन्दै उनले त्यसबाट पनि पुगेन भने घुम्ती तालिमको व्यवस्था गर्नु पर्ने बताए ।

उनले भने, ‘किसानलाई ठूलो स्केलमा उत्पादन गर्न प्रोत्साहन गर्नु पर्छ ।’ अनुदानको दुरुपयोग धेरै हुने भएकाले सहाकारीमार्फत अनुदानको व्यवस्था गर्नुपर्ने बताउँदै उनले किसानले फिर्ता गर्नु पर्ने गरि अनुदान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?