प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्दको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार(भोलि) कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार बिहान शिक्षण अस्पतालमा पुगेर कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका हुन् । शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड १९ खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको खोप लगाउनुहुने बारे जानकारी दिएका हुन् ।

त्यसैगरी आइतबार बिहान नै संवैधानिक निकायका प्रमुखहरुले पनि खोप लगाउने उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले खोप लगाए सँगै कोरोना विरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुँनेछ ।

कार्यक्रममा मन्त्री त्रिपाठीले कोभ्याक्स लगाएत दातृ निकायबाट उपलब्ध खोपलाई व्यवस्थित तरीकाले जनतासम्म लैजानेगरी सरकारले तयारी गरिरहेको बताएका छन् । कोभिड १९ विरुद्धको खोप अहिले सम्म उपलब्ध अन्तिम र महत्वपूर्ण औजारको रुपमा भएकाले खोप लगाउनुको विकल्प नभएको बताए । खोपलाई जनतासमक्ष निशुल्क पु¥याउन सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।

आइतवार कोभिड १९ विरुद्धको कोभ्याक्स खापको पहिलो खेप नेपाल आउने भएको छ । सरकारले भारत सरकारले उपलब्ध गराएको खोप र कोभ्याक्स सहायता प्राप्त खोप ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालय, विश्वविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक र सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाउने भएको छ । सरकारले भोलिबाट ६५ वर्ष माथिका १६ लाख बढी जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?