प्रचण्डलाई प्रक्रिया नपुर्‍याई पटक पटक संसदीय दलको नेता बनाइयो : शंकर पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा प्रचण्ड-नेपाल पक्षको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विधि र प्रकृया नै नपुर्‍याई संसदीय दलको नेता बनाइएको भन्दै टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मुख्यमन्त्री पोखरेलले प्रचण्ड चर्चित भएको र पटक पटक विधि विधि र प्रकृया नै नपुर्‍याई संसदीय दलको नेता बनाइएको आरोप लगाए ।

उनले भने-‘प्रचण्ड जत्तिको चर्चित नेतालाई विधि र प्रकृया नै नपुर्‍याई पटक पटक संसदिय दलको नेता चुनिएको भनेर चर्चामा ल्याउनु आवश्यक थियो र ?’

शुक्रवार बसेको प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो ।]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?