राष्ट्रपति भण्डारीद्वारा मुस्कान खातुनलाई बधाई ज्ञापन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्राप्त गरेकोमा मुस्कान खातुनलाई बधाई दिएकी छिन् ।

शनिवार एक ट्वीट गर्दै राष्ट्रपति भण्डारीले एसिड आक्रमणको पीडालाई शक्तिमा बदल्दै मुस्कानले यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि सञ्चालन गरेको साहसिक अभियानले सार्थकता पाएको बताउँदै बधाई ज्ञापन गरेकी हुन् ।

साथै उक्त पुरस्कारका लागि राष्ट्रपति भण्डारीले अमेरिकी सरकारलाई समेत धन्यवाद ज्ञापन गरेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?