२०७७, २२ फाल्गुन शनिवार १२:१२

सभापति देउवाले भने- ‘मलाई प्रधानमन्त्री बन्ने कुनै लोभ छैन’


प्रकाशित मिति : २०७७, २२ फाल्गुन शनिवार १२:१२

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दाउमा नरहेको दाबी गरेका छन् ।

शनिवार बिहान आफ्नो निवास बुढानिलकण्ठमा आयोजित एक पुस्तक विमोचनमा बोल्दै सभापति देउवाले आफूलाई प्रधानमन्त्री बन्ने लोभ नभएको बताउँदै रेसमा नभएको समेत बताएका हुन् ।

जनताले कांग्रेसलाई प्रतिपक्षीमा बस्ने अधिकार दिएको बताउँदै प्रमुख प्रतिपक्षी वेटिङ प्राइमिनिस्टर भएको बताए । ‘प्रमुख प्रतिपक्षी दलको नेता भनेको ‘प्राइममिनिष्टर इन वेटिङ हो’, तर म त्यसमा पनि छैन हेर्नुस् । मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन। यस्तामा लाग्नु पनि छैन।’ सभापति देउवाले भने ।

संसद पुनर्स्थापनापछि कांग्रेुस सरकारमा जान लागेको भन्ने हल्लाकाबीच सभापति देउवाले स्पष्ट पारेका हुन् ।

शनिवार बिहान सभापति देउवा निवासमा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरको महाकाण्ड नामक पुस्तक विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस