५० हजार घूस रकमसहित सब–इन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेटौंडाबाट घूस रकमसहित सब–इन्जिनियरलाई पक्राउ गरेको छ । पर्यटन विकास आयोजना वाग्मती प्रदेशमा कार्यरत प्राविधिक नेत्र लामिछाने शुक्रवार ५० हजार घूस रकमसहित पक्राउ परेका आयोगका प्रवक्ता वेद प्रसाद भण्डारीले जानकारी दिए ।

पर्यटन विकास आयोजना वाग्मती प्रदेशबाट खटिएका प्राविधिक सव–ईन्जिनियर लामिछानेले भौतिक संरचना निर्माण सम्पन्न भएपश्चात घूस रकम लिएको खुल्न आएको प्रवक्ता भण्डारीले बताए । उनलाई अहिले काठमाडौं ल्याइँदै गरेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?