यी हुन् चिकित्सकलाई सबैभन्दा धेरै तलब दिने १० राष्ट्र

एजेन्सी । नेपालमा चिकित्सकहरुले तोकिएको तलब नपाएको भन्दै बेला बखतमा आन्दोलन गर्ने गरेका छन् । निकै मेहेनत तथा ठूलो धन र समयको लगानी गर्ने मात्र चिकित्सक बन्न सक्ने हुँदा विश्वमा चिकित्सा क्षेत्रलाई उच्च सम्मानका साथ राम्रो तलब दिने गरिन्छ । नेपालमा चिकित्सा क्षेत्र सुधान हुन नसके पनि विश्वमा यी देशहरुले चिकित्सकलाई आकर्षक तलब दिइरहेका छन् ।

१) लक्जम्वर्ग
लक्जम्वर्ग यस्तो राष्ट्र हो जहाँ विशेषज्ञले विश्वकै सबैभन्दा बढी तलब पाउँछन। यहाँ एउटा विशेषज्ञले ३ लाख ५२ हजार ३ सय डलर र जीपीले २ लाख ७८ हजार सय डलर पारिश्रमिक पाउँछन। यो एउटा सानो राष्ट्र हो। लक्जम्वर्गमा जर्मन र फ्रान्सेली भाषा बोलिने गरिन्छ। यस देशमा जीपी र विशेषज्ञ दुबैको लागि उच्च तलब दिइन्छ।

२) संयुक्त राज्य अमेरिका
एक विशाल विविधता भएको राष्ट्र हो संयुक्त राज्य अमेरिका। अमेरिकाले ठूलो व्यावसायिक विकासको अवसर प्रदान गर्दछ। अमेरिका दोस्रो राष्ट्र हो जहाँ चिकित्सकले उच्च पारिश्रमिक पाउँछन। यहाँ विशेषज्ञको ३ लाख ५० हजार ३ सय अमेरिकी डलर पाउँछन भने जीपीले २ लाख ४२ हजार ४ सय अमेरिकी डलर पाउँछन। अमेरिकामा काम गर्ने सोचमा हुनहुन्छ भने पहिला तपाईले ३ चरण USMLE परीक्षा दिनुपर्ने हुन्छ।

३) बेल्जियम
बेल्जियममा विशेषज्ञलाई ३ लाख ३१ हजार २ सय अमेरिकी डलर र जनरल फिजिसियन (जी.पी)लाई १ लाख ३८ हजार ७ सय डलर तलब तोकिएको छ। बेल्जियममा फ्रेन्च, फ्लेमिश र जर्मन भाषामध्ये कम्तिमा कुनै एकको राम्रो जानकारी हुन आवश्यक छ ।

४) जर्मनी
जर्मनी १० देश मध्य चिकित्सकलाई बढी तलब दिने चौथों स्थानमा पर्छ। जर्मनी बस्नको लागि सस्तो लागत , शानदार भोजन र स्वागत गर्ने संस्कृति भएको मुलुकको रुपमा परिचित छ। यहाँ विशेषज्ञको लागि तलब २ लाख २२ हजार ७ सय अमेरिकी डलर र जीपीको लागि २ लाख १४ हजार ७ सय डलर तोकिएको छ।

५) क्यानडा
‘नाटकीय’ परिदृश्य, सांस्कृतिक शहर, स्वच्छ हावा तथा परिश्रम र जीवनबीच ठूलो सन्तुलन भएको मुलुक हो क्यानडा । क्यानडा लगातार विश्वको उत्कृष्ट देशको सूचीमा रहँदै आएको छ। यो असाधारण रूपमा उच्च गुणस्तरीय जीवन, प्रगतिशील राजनीतिक वातावरण र राम्रो अर्थव्यवस्था भएको देश मानिन्छ। यहाँ विशेषज्ञको तलब २ लाख ४९ हजार अमेरिकी डलर र जीपीको तलब १ लाख ५८ हजार २ सय रहेको छ।

६) स्वीट्जरल्याण्ड
स्वीट्जरल्याण्ड एक यस्तो देश हो जहाँ मनमोहक दृश्य, खेल र चकलेटको लागि प्रख्यात छ। तर यो देश निकै महँगो मानिन्छ। यहाँ विशेषज्ञको तलब २ लाख २८ हजार अमेरिकी डलर र जीपीको तलब १ लाख ७२ हजार ८ सय तोकिएको छ।

७) आयरल्याण्ड
विशेषज्ञ र जीपी दुवैको लागि उत्कृष्ट भुक्तानी गर्ने देशमध्य आइरल्याण्ड पनि एक हो। जहाँ विशेषज्ञले १ लाख ९ हजार डलर र जीपीले १ लाख ६४ हजार ७ सय सम्म पारिश्रमिक पाउँछन।

८) अष्ट्रिया
हिमाल, ताल, शहरहरू र शास्त्रीय संगीत। यी सबैमा धनी छ अष्ट्रिया। जर्मन भाषा सिकेका चिकित्कसको लागि यहाँको वातावरण निकै सहज हुन्छ। यहाँ विशेषज्ञको तलब २ लाख १३ हजार २ सय अमेरिकी डलर छ भने जीपीको लागि १ लाख ४१ हजार ५ सय अमेरिकी डलर रहेको छ।

९)नेदरल्याण्ड
नेदरल्याण्ड गुणस्तरीय जीवनशैलीको लागि उपयुक्त मानिन्छ। यहाँ प्राय: मानिस साइकलमा आवतजावत गर्छन। यहाँ विशेषज्ञको तलब २ लाख ३ सय अमेरिकी डलर पर्न जान्छ भने जीपीले १ लाख ३७ हजार ५ सय अमेरिकी डलर पारिश्रमिक पाउने गर्छन।

१०)अष्ट्रेलिया
अधिकांश देशबाट काम गर्न जानको लागि प्राय:को रोजाईमा पर्छ अष्ट्रेलिया। किनभने यस मुलुक राम्रो मौसम, उच्च पारिश्रमिक, व्यस्त जीवनशैली र घुम्ने मौकाको लागि उपयुक्त मानिन्छ। यहाँ विशेषज्ञको लागि २ लाख १० हजार ८ सय र जीपीको लागि १ लाख ४ हजार ३ सय अमेरिकी डलर पारिश्रमिक तोकिएको छ।

माथि दिइएको पारिश्रमिक विशेषज्ञ र जीपीको लागि औसत पारिश्रमिक हो जुन दुई संयुक्त औसतको आधारमा र्‍याङ्की हुने गर्छ। पारिश्रमिक मुख्यरुपमा ओइसीडी (आर्थिक सहयोग र विकास संगठन) स्विस फेडरल अफ पब्लिक हेल्थ अफिस अफ फिजीशियन क्षतिपूर्ति र डक्सिमिटी रिपोर्टबाट संकलन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?