विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११७ रुपैयाँ १२ पैसा तोकिएको छ ।

यसैगरी आज युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १० पैसा र बिक्रीदर १३९ रुपैयाँ ८२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ ८७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८० पैसा कायम भइ कारोबार भइरहेको छ ।

यस्तै आज जापानी यन १० को खरिददर १० रुपैयाँ ७४ पैसा र बिक्रीदर १० रुपैयाँ ७९ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?