एन्फाले चैतमा त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी चैतमा त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी चैतमा नेपाल, किर्गिस्तान र बंगलादेशबीच त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्ने एन्फाले शुक्रवार जानकारी दिएको हो ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । किर्गिस्तानको तर्फबाट २३ वर्षमुनिको ओलम्पिक टिम सहभागी हुने एन्फाले जनाएको छ । प्रतियोगिता पुनर्निर्मित दशरथ रंगशालामा मार्च २२ देखि ३० अर्थात् चैत ९ देखि १७ गतेसम्म सञ्चालन हुनेछ ।

त्रिदेशीय प्रतियोगितामा कुल ४ खेल हुनेछन् । यसअघि विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल रद्द हुनासाथ एन्फाले अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?