आज ओली समूहको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक आज शनिवार बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा आइतवार बस्ने प्रतिनिधिसभाको अधिवेशनमा आउनसक्ने सम्भावित एजेण्डाहरुमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने ओली पक्षीय नेकपाका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिएका छन् ।

औपचारिक विभाजन नभए पनि नेकपाको दुबै समूहले छुट्टाटुट्टै संसदीय दलको बैठक गरेका छन् । हिजो शुक्रवार प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । दुबै समूहले संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएका छन्।

आफ्नो पक्षमा १११ सांसद रहेको दाबी गर्दै आएको प्रचण्ड–माधव समूह प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्यमा जुटिसकेको छ।

नेकपाका प्रतिनिधिसभामा १७२ र राष्ट्रियसभामा ४९ सस्दय छन्। प्रतिनिधिसभामा सभामुख र एक जना मृत्यु भएका सांसद गरी जम्मा १७४ सदस्य र राष्ट्रियसभामा अध्यक्षसहित जम्मा ५० जना सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?