‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन र टुसाल तथा खुमलटार र श्री भगवती भिड्दै

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज शनिवार दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज ब्वाइज युनियन र टुसाल क्लब तथा खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच प्रतिष्पर्धा हुन लागेको हो ।

ब्वाइज र टुसालबीचको खेल दिउँसो सवा १२ बजे हुनेछ भने खुमलटार र श्री भगवती दिउँसो साढे तीन बजे मैदानमा उत्रने छन् ।

लिगको चौंथो स्थानमा रहेको ब्वाइजले ९ खेलबाट १४ अंक जोडेको छ भने ९ खेल नै खेलेको टुसाल टुसाल ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यस्तै खुमलटार ९ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहँदा श्री भगवती ९ खेलबाट ९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?