जग्गा मिच्नेलाई भएन कारवाही

लोकपथ
0
Shares

कमलपोखरीको जग्गा मिच्नेलाई म्याद तामेल गर्न नसकिएको १४ वर्ष भयो । नेपाल सरकारका नाममा नापी भएपछि पोखरी लगत अभिलेखअनुसार कडेल्चोक भगवतीका नाममा कायम हुन सकेपछि जग्गा मिच्नेउपर कारबाही गर्न सकिएको छैन ।

गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार तत्कालीन भूभिसुधार तथा व्यवस्था मन्त्रालयमा पोखरी सरकारका नामबाट कडेल्चोक भगवतीका नाममा कायम गर्न गरिएको अनुरोध अगाडि नबढेपछि जग्गा मिच्नेउपर संस्थानले म्यादसमेत तामेल गर्न पाएको छैन ।

अहिले कमलपोखरीको निर्माण सुधार कार्य थालिएपछि पोखरी चर्चाको विषयमा छ ।काठमाडौँ महानगरपालिकाले पोखरीलाई सुधार गर्न र रमणीय बनाउन काम थालेको छ । महानगरका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) का अनुसार पोखरीलाई साबिक अनुसार पुराताìिवक महìव कायम गर्दै सुधार गर्नुपर्छ भन्ने जनमत छ, सम्पदाप्रेमीले यहाँ कङ्क्रिटसहितको निर्माण हुन दिनुहुन्न भनेर चर्को विरोध गरिरहेका छन् ।  गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?