काठमाडौँ- तीन दिवसीय ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ शुक्रवार सम्पन्न भएको छ । जंगी अड्डास्थित सगरमाथा हलमा फागुन १९ गतेबाट सञ्चालन भएको बैठक आज सम्पन्न भएको हो।
उक्त समारोहमा समापन मन्तव्य राख्दै प्रधान सेनापति पुर्णचन्द्र थापाले यस सम्मेलनबाट भविष्यमा नेपाली सेनाले गर्नैपर्ने, गर्नुपर्ने र गर्नसक्ने कार्यहरुको योजना निर्माणमा सबैको समान सोच र दृष्टिकोण बनाउन मद्दत पुर्याउने र भावी योजनाको प्रभावकारी कार्यान्वयनको आधार तयार भएको बताए ।
नीति, नियम र निर्देशिकामा आधारित कार्यप्रणालीले नै नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित ‘System Driven Organization’ को रुपमा स्थापित गर्ने भन्दै उनले सबैलाई बैठकमा उठेका विविध आन्तरिक सुदृढीकरणका विषयहरुको प्रभावकारी कार्यान्वयनको लागि निर्देशन दिए ।
नियमित रुपमा सञ्चालन हुने यस प्रकारको उच्चस्तरीय समन्वयात्मक बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका बिषयवस्तुहरुमाथि भएको गहन छलफल तथा आपसी अन्तरक्रियाबाट प्राप्त भएका अमुल्य राय सुझावहरुले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास नेपाली सेनाले लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया