मोतिपुर घटना: विष्णु पौडेललाई घनश्याम भुसालको चेतावनी

काठमाडौँ- रुपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोर शिलान्यास कार्यक्रममा स्थानीयले गरेको प्रतिरोधलाई सोहि क्षेत्रबाट निर्वाचित नेता घनश्याम भुसालले समर्थन जनाएका छन्।

नेता भुसालले एक वक्तव्य जारी गर्दै मोतिपुर औद्योगिक कोरिडोर शिलान्यासका लागि पुगेका अर्थमन्त्री बिष्णु पौडेलले कार्यक्रममा स्थानीयले गरेको विरोधप्रति आफ्नो समर्थन रहेको जनाएका हुन् । उनले त्यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले आफूले स्थानीय वासिन्दाको हकअधिकारको पक्षमा आवाज उठाउँदै र सम्बन्धित सरोकारवालासँग छलफल गर्दै आएको बताएका छन्।

‘औद्योगिक कोरिडोर बन्ने हल्ला चलाएर जग्गा दलालीको लागि वातावरण बनाउने बाहेक तथाकथित शिलान्यासको कुनै अर्थ छैन, जनतालाई दु:ख दिएर अरु कुनै नाजायज फाइदा लिने उनीहरुको चाहनालाई पूरा हुन दिइने छैन।’ विज्ञप्तिमा उल्लेख छ ।

आफूहरुको जग्गामा बलजफ्ती औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको भन्दै स्थानीयहरुले सो कार्यक्रम बिथोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?