विप्लव समूहका नेता पुन र कुमाल रिहा

RSS
0
Shares

काठमाडौँ– नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको तीन बुँदे सहमति सार्वजनिकसँगै आज सो पार्टीका नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारवाट रिहा भएका छन्।

सो पार्टीको पूर्वसेती महाकाली ब्यूरो इन्चार्जसमेत रहेका पुन गत साउनमा पक्राउ परेका थिए । कारागारबाट रिहापछि उनले आफूहरुको राजनीतिक कार्यसूचि परिवर्तन नहुने र अब नेपालमा नयाँ राजनीतिक कोर्ष अगाडि बढ्ने प्रतिक्रिया दिए ।

नेता पुनलाई हात हतियारसम्बन्धी र कुमाललाई सङ्गठित अपराधसम्बन्धी मुद्दा लगाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?