काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली भैंसेपाटी पुगेका छन् । भेटघाटका लागि संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका सल्लाहकार द्वय विष्णु रिमाल, राजन भट्टराई, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि भैसेपाटी पुगेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेता गौतमको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली भैँसेपाटी पुगेका हुन् । गौतम केही दिन अघि घरमै लडेर सामान्य घाइते भएका थिए।
प्रधानमन्त्री ओली गौतमको स्वास्थ्य अवस्था बुझ्न भैँसेपाटी पुगेको बताइए पनि दुई नेताबीच राजनीतिक संकट निवारणको विषयमा छलफल भएको छ । स्रोतका अनुसार ओलीले समस्या समाधानका लागि गौतमसँग सहयोगको अपेक्षा राखेका छन् । गौतमले भने पार्टी एकताका लागि लचिलो हुन ओलीलाई आग्रह गरेका छन् ।
केही दिन अघि नेता गौतमले प्रधानमन्त्रीनिवास बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएका थिए।
आजै मात्र प्रचण्ड-माधव समूहका बहुमत सांसदहरुले दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरेका छन्। उनीहरुले निर्वाचन आयोगलाई समेत दल विवाद समाधानमा तत्काल समाधान दिन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया