चाबहिलमा हाउजेको सातौं शोरुम सञ्चालनमा

काठमाडौं । काठमाडौंको चाबहिलमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको सातौं शोरुम सञ्चालनमा आएको हो।

उक्त कार्यक्रममा शेर्पा एसोसिएसनका ग्लोबल चेयरमेन आङ दोर्जे लामा, अमर राज कर्णिकार, वौद्ध सामुदायिक संस्थाका अध्यक्ष जय मंगल लामाले उद्घाटन गरेका हुन् ।

नेपालमा हाउजे ब्राण्डलाई कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा भित्र्याएको हो ।

डिलर र सर्भिस सेन्टर विस्तार गर्ने क्रममा कम्पनीले सातौं शोरुमको उद्घाटन गरेको जनाइएको छ । हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय रहेको कम्पनीको दाबी छ ।

एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको कम्पनीले जनाएको छ । रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो सेल्स म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् । यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ पर्छ । बाइकको फिचर र विशेषता अनुसार धेरै सस्तो मूल्यमा हाउजेका बाइक नेपाली बजारमा उपलब्ध रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?