बाम एकता पछि कांग्रेस नवलपरासीमा नयाँ तरंग, को-को बन्लान् उम्मेदवार ?

नवलपरासी, १९ असोज- बामपन्थीहरुको नयाँ एकता पछि आगामी संघ र प्रदेशको निर्बाचनका लागि नेपाली काग्रेंस नवलपरासीमा नयाँ तरंग आएको छ । प्रदेश नं ४ अन्र्तगत नवलपुरका दुई क्षेत्र र चार प्रदेश क्षेत्रमा काग्रेंसले कस्ता उम्मेदवार सिफारीश गर्दा निर्बाचन जित्छ त्यसको बहश हुन थालेको काग्रेसंका नेताहरु बताउँछन् । गत स्थानीय निर्बाचनमा चुनाब हारेका हरु पनि आकाक्षी देखिदा कांग्रेस भित्र त्यसको सर्बत्र बिरोध हुन थाले पछि जित्ने उम्मेदवारलाई मात्र सिफारीश गर्नु पर्ने भन्दै पार्टी नेतृत्वमा ब्यापक दबाब पर्न थालेको छ । एमाले र माओबादी बीच एकताको तालमेल भए पछि झस्केको कांग्रेस कसरी चुनाबमा जाने र कस्ता उम्मेदवार बनाउने भन्ने बिषयमा आन्तरिक गृहकार्यमा जुटेको काग्रेंसले जनाएको छ । प्रतिनिधी सभाका लागी क्षेत्र नं १ मा काग्रेंसका महामन्त्री डा.शसाकं कोइराला चुनाब लड्दै छन् । सोही क्षेत्रमा पुर्ब सांसद कांग्रेस नेता महेन्द्रध्वज जीसीले पनि चुनाब लड्न ईच्छा देखाएका छन् । काग्रेंसको पकड मानिने यो क्षेत्र अहिले बाम गठबन्धनले कोइरालालाई समेत झस्काएको छ । यो क्षेत्रमा माओबादीका तर्फ बाट गठबन्धन उम्मेदवार चुनाब लडने र एमाले माओबादी गठबन्धनले पनि केन्द्रीय नेता चुनाबमा उतार्ने भए पछि नवलपरासीमा अहिले कुनै पनि निर्बाचन क्षेत्र काग्रेंसका लागि सुरक्षित नरहेको काग्रेंसीहरु बताउने गर्छन । क्षेत्र नं २ समेत एमाले माओबादी गठबन्धनबाट एमालेका बैकल्पीक केन्द्रीय सदस्य तिलक महत सर्बसम्मत सिफारीशमा परेका छन भने काग्रेंस बाट महेन्द्रध्वज जीसी,बिण्णुकुमार कार्की र बिण्णु लामिछानेको नाम काग्रेंसबाट सिफारीश भएको छ । यो क्षेत्रमा अहिले सम्म काग्रेंसले जित्न सकेको छैन र यो पटकको बाम गठबन्धनले झनै प्रभाब पार्ने नेताहरु बताउँछन् । यता प्रदेशमा पनि नवलपुरका ४ वटै क्षेत्र काग्रेंसका लागि फलामको चिउरा साबित हुने राजनीतिक बिश्लेषकहरु बताउने गर्छन । क्षेत्र नं १ अन्र्तगत प्रदेश क बाट प्रत्यक्ष तर्फ होमराज रानाभाट बलिया उम्मेदवार मानिन्छन । आफनो गाउँ डाडाँझेरी र कोटथरमा उनी सर्बाधिक लोकप्रिय मानिन्छन र यो क्षेत्रको मत नै प्रदेशमा निर्णायक हुने भएकाले यहााको मत मध्ये ९५ प्रतिशत मत रानाभाटलाई जाँदा मात्र यो क्षेत्र काग्रेंसको पोल्टामा जान सक्ने देखिन्छ | एक कांग्रेसी नेताले दाबी गर्दै भने -गैंडाकोट र रजहरको मत मध्ये बाम गठबन्धन दुई हजार पाँच सय भन्दा बढि मतले काग्रेंस पछाडि रहेको सर्भेक्षणले देखाएको छ र त्यसलाई पहाडको मतले मात्र जित्न सक्ने देखिन्छ । ओम सापकोटा , सत्यनारायण खनाल,दा्रेर्ण बन सन्यासी ,कमल पराजुली ,दुर्गा कोइराला शसक्त उम्मेदवार भए पनि निर्णायक मत पहाडको भएकाले पहाडी उम्मेदवार उठाउनु पर्ने दबाब परेको छ । यसै गरि क्षेत्र नं १ कै प्रदेश ख बाट प्रत्यक्ष तर्फ हेमराज कोइराला,डिल्लीराम कडरिया ,भानु सिग्देल,,महेन्द्र पोखरेल,कपिल भुषाल,झपेन्द्र भुषाल ,धर्म बस्याल ,सरस्वती तिमिल्सिना ,ओमकला गौतम ,बिण्णु पाण्डे लगायतको नाम सिफारीश ए पनि बाम गठबन्धनले यो क्षेत्र कम्जोर रहेको बिश्लेषकहरु बताउँछन् । तर राम्रो उम्मेदवार दिएमा काग्रेंस को जितलाई नकार्न नसकिने उनीहरुको भनाई छ। क्षेत्र २ को प्रदेश क र ख मा पनि काग्रेसंले राम्रा उम्मेदवार दिन सक्यो भने बाम गठबन्धन संग तीब्र प्रतिस्पर्धा हुने बताईन्छ । काग्रेंस र एमाले मुख्य प्रतिस्पर्धी रहेको यो जिल्लामा माओबादीको मत निर्णायक हुने र हार जीत त्यसैमा भर पर्ने जिल्लाका राजनीतिक दलका नेताहरु बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?