काठमाडौं । नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति गरेर खुला राजनीतिमा आएसँगै विप्लव समूहसँग रहेका हातहतियारबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न गरेको छ ।
आज (शुक्रवार) सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ भन्दै प्रश्न गरेका छन् । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिमा हतियार कसरी व्यवस्थापन गर्ने भन्ने विषय नभएकाले प्रवक्ता शर्माले उक्त प्रश्न गरेका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि हतियारबारे प्रश्न उठेको थियो। पछि प्रचण्डले हतियार खोलाले बगाएको बताएका थिए।
विप्लव समूहसँग हातहतियार रहेको भए पनि सरकारले सहमति गर्दा ती हतियार बुझाउनेबारे केही खुलाएको छैन ।
प्रचण्ड आउँदा `खोलाले बगायो´ थोरै हतियार,
विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ @PM_Nepal ?सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !!
— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 5, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया