सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । आज (शुक्रवार) सरकार र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भयो । राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबीच दुई पक्षबीच हस्ताक्षर भएको हो ।

सहमति पत्रमा सरकारी पक्षका तर्फबाट वार्ता टोलीका संयोजक समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव पक्षका तर्फबाट उक्त समूहका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरे।

तीनबुँदे सहमतीपत्रमा दुवै पक्ष (सरकार र नेपाल कम्युनिष्ट पार्टी)ले देशको राजनीतिक समस्याहरु वार्ताको माध्यमबाट समाधान गर्ने, नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले आफ्ना सबै पूराना राजनीतिक क्रियाकलापहरु बन्द गर्ने र नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध र जेलमा रहेका सबै नेता कार्यकर्तालाई रिहाइ गरिने उल्लेख छ ।

तस्वीरमा हेर्नुहोस् : 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?