काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले शान्तिपूर्ण राजनीतिमा आउने विप्लव समूहको कमदलाई स्वागत गरेको छ ।
आज बसेको उक्त पक्षको संसदीय दलको बैठकले सरकार र विप्लव समूहबीचको वार्तालाई सकारात्मक रुपमा लिएको जनाएको छ ।
उक्त पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट दिँदै विप्लवको शान्तिपूर्ण राजनीतिमा आउने कदमलाई सकारात्मक गरेको जानकारी दिए । उनले भने- ‘हाम्रो पार्टीको आज बसेको संसदीय दलको बैठकले विप्लव समुहको शान्तिपुर्ण बाटोमा आउने कदमलाई स्वागत गरेको छ ।'[
हाम्रो पार्टीको आज बसेको संसदीय दलको बैठकले विप्लव समुहको शान्तिपुर्ण बाटोमा आउने कदमलाई स्वागत गरेको छ
— NKShresthaPrakash (@nksthaprakash) March 5, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया