सरकार र विप्लव समूहबीचको सहमति सकारात्मक : निजी क्षेत्र

काठमाडौं । सरकार र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहबीच भएको शान्तिपूर्ण सहमतिलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको छ ।

राजनीतिक गतिरोध, द्न्द लगायतका कारण व्यवसायिक क्षेत्रमा असर पर्ने भन्दै त्रासमा रहेका व्यवसायी विप्लव समूह सहमतिमा आएपछि खुशी भएका छन् । शान्तिपूर्ण सहमतिले आर्थिक विकासका लागि सकारात्मक प्रभाव पार्ने भन्दै निजी क्षेत्र उत्साहित बनेको हो ।

कसले के भने ?

यसै क्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रले यसलाई सरकारात्मक रुपमा लिएको बताएका छन् । ‘शन्तिपूर्ण कुरामा हामी सधैं सकारात्मक छौँ, द्न्दको डरमा रहेका व्यवसायाहरु खुशी भएका छन् ।’ उपाध्यक्ष श्रेष्ठले भने । यो शान्तिपूर्ण सहमति आर्थिक विकासका लागि निकै सकारात्मक पक्ष भएको उनको भनाई थियो ।

त्यसैगरी, उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरका अनुसार विद्रोही पक्ष शान्तिपूर्ण राजनीतिमा आउनु आर्थिक उन्नतिका लागि सकारात्मक भएको बताए । आर्थिक विकासका लागि उचित वातावरणको निर्माण हुनुका साथै काम गर्ने वातावरण बन्ने उनको भनाई छ । ‘हिजो जुन अन्योल थियो,अब त्यो हटेर व्यवसायिक वातावरण बनेको छ ।’ अध्यक्ष मोरले भने । राजनीतिक रुपमा भएका यस्ता शान्तिपूर्ण सहमतिले आयात निर्यातमा सहज हुनुका साथै आर्थिक गतिविधि निर्माणका लागि थप सहयोग पुग्ने उनको धारणा छ ।

त्यस्तै, नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकार र विप्लव समूहबीच भएको शान्तिपूर्ण सहमतिले व्यापार व्यवसायका लागि सरकारात्मक वातावरण बनाएको बताए । अन्योल राजनीतिक वातावरणका कारण व्यवसाय चिन्तित भइरहेका बेला यस्तो शान्तिपूर्ण सहमति हुनुले व्यवसायीहरुमा त्रास हटेको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘व्यवसायीहरुमा रानीतिक माहोल के होला भन्ने त्रास हटेको छ ।’ उनले भने । अरु पार्टीहरु पनि शान्तिपूर्ण रुपमा अगाडी बढेमात्रैै संविधानमा उल्लेख भएको आर्थिक विकासको ऐजेण्डालाई अगाडि बढाउन सकिने उनको धारणा थियो ।

त्यसैगरी, अर्का उद्योगी तथा व्यवसायी गुणनिधि तिवारीले आर्थिक विकासका लागि यस्तो सहमति गर्न जरुरी भएको बताए । राजनीतिक अन्योलताकाबीच त्रासमा रहेका व्यवसायीहरु यस शान्पिूर्ण सहमतिले उत्साहित भएको तिवारीको भनाई छ । ‘यो सहमति आर्थिक उन्नतिका लागि निकै सरकारात्मक छ, शान्तिपूर्ण सहमति हुनु नै औद्योगिक वातावरणका लागि सरकात्मक कुरा हो ।’ उनले भने । यो सहमतिले व्यवसायीमा रहेको त्रास समेत हटेको तिवारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?