मोटरहेड बाइकको ‘थ्रीएस शोरुम’ बुटवलमा

काठमाडौं । बुटवलको तिलोत्तमामा मोटरहेड बाइकको नयाँ सोरुम लुम्बिनी टु ह्विलर्स शुभारम्भ भएको छ । नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का अध्यक्ष जीवन अधिकारीको प्रमुख आतिथ्यतामा शोरुम उद्घाटन गरिएको हो ।

कार्यक्रममा नाटुका प्रदेशस्तरीय पदाधिकारी, मिडिया सहकर्मी र स्थानीय व्यक्तिहरुको सहभागिता थियो ।

 

सो अवसरमा नाटु अध्यक्ष अधिकारीले युवा वर्गको रोजाइमा परेको मोटरहेड बाइकको थ्रीएस शोरुम शुभारम्भ गर्न पाउँदा खुसी ब्यक्त गर्दै बिक्रीका साथै बिक्री पछिको सेवाका लागि पार्ट्स र सर्भिसिङ समेत पाएर ग्राहक लाभान्वित हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी टु ह्विलर्सका म्यानेजिङ डाइरेक्टर सुनिल भुसालले ग्राहकलाई चाहिने सेवा र सुविधालाई मध्यनजर गर्दै आगामी दिनमा ग्राहकमुखी अफर र सेवा प्रदान गर्दै अगाडि बढ्ने बताए । आफूले समेत मोटरहेडको स्क्र्याम्ब्लर बाइक चढिरहेको र यसबाट प्रभावित भएरै डिलर सञ्चालन गर्न हौसिएको उनको जिकिर थियो ।

नेपालमा मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडको तर्फबाट जनरल म्यानेजर उज्वल जोशीले कम्पनीको भिजन र विभिन्न मोडलका बाइकको वारेमा जानकारी गराउँदै सदैव ग्राहकको सेवामा समर्पित भइरहने बताए ।

बिक्री शुभारम्भको अवसरमा बुटवलस्थित उक्त शोरुममा फागुन २१ देखि २३ गते सम्म एक्सचेन्ज र फाइनान्स सुविधा उपलब्ध हुनेछ । यस अन्तर्गत जुनसुकै ब्रान्डका पुराना बाइकसँग नयाँ मोटरहेड बाइक साट्न सकिने छ । यसका लागि बजारमा प्रचलित मूल्य भन्दा थप १५ हजार रुपैयाँ प्रदान गरिने छ ।

नयाँ बाइकमा १० हजार रुपैयाँ छुट र निःशुल्क हेलमेट उपलब्ध हुनेछ ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।

त्यसैगरी एक्स टर्क र एमएच १५० आरको मुल्य क्रमशः ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?