प्रभु बैंकको क्यू आर कोड सेवा अब तालबाराही मन्दिरमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाइ डिजिटल पविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तरण गरिएको छ ।

फेवातालको बिचमा रहेको बाराही मन्दिरमा आज बिहान एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यू आर कोड हस्तान्तरण गरेका हुन् ।

यो सुविधा सँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् ।

नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?