काठमाडौं । स्ट्यान्डअप कमेडी सो कमेडी च्याम्पियन सिजन २ को सह-प्रायोजन नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डि. टि. एच. डिस होमले गर्ने भएको छ ।
शुक्रवार र शनिवार बेलुका ९–१० बजे कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा डि. टि. एच. डिस होम सह-प्रायोजकको रुपमा अनुबन्धित भएको हो ।
स्ट्यान्डअप कमेडी सो कमेडी च्याम्पियन सिजन– २ को आज शुक्रवार बाट शुरु हुँदै छ ।
कमेडी च्याम्पियन–२ का लागि ६ हजार १८० डिजिटल अडिसन प्राप्त भएको आयोजकले जनाएको छ । काठमाडौं बोलाएर फिजिकल अडिसन गरेर आयोजकले उत्कृष्ट २४ प्रतियोगी छनोट गरिसकेको छ ।
थ्रि प्रोडक्सन’को निर्माण कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । कार्यक्रमको होस्ट रीमा विश्वकर्माले नै गर्ने छिन् ।
कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे हुन् ।
विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्ने निर्देशक भण्डारीले बताए । पहिलो सिजनको विजेता हिमेश पन्त बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया