शान्तिपूर्ण राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलाई शान्तिपूर्ण राजनीतिमा पौडी खेल्न आउने बताएका छन् ।

सरकार र विप्लव समूहबीचको सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा ओलीले विप्लवलाई मूलधारको राजनीतिमा स्वागत समेत गरे ।

‘नेपाल एउटा शान्तिको नयाँ युगमा प्रवेश गरेको छ । म नेपाल कम्युनिष्ट पार्टीलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु,’ ओलीले भने, ‘यस खुला परिवेशमा र शान्तिपूर्ण राजनीतिमा, राष्ट्रिय राजनीतिको मूलधारमा उहाँलाई स्वागत गर्न चाहन्छु । मलाई विश्वास छ यस राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ । उहाँ यसमा पौडी खेलेर सफलताका साथ अगाडि बढ्नु हुनेछ भन्ने विश्वास लिएको छु, यसमा उहाँलाई सफलताको हार्दिक शुभकामना भन्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?