काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीले कांग्रेस अहिले सरकारमा जान उपयुक्त नभएको बताएका छन् ।
आज शुक्रवार चितवनमा नेपाल प्रेस युनियनद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता केसीले कांग्रेसलाई जनताले पाँच वर्ष विपक्षमा बस्ने जनादेश दिएकाले कांग्रेस सरकारमा जान हतारिन नहुने बताएका हुन् ।
उनले कांग्रेस विपक्षमा नै बसेर आफ्नो धर्म निर्वाह गर्नुपर्ने बताए । अहिले सत्तामा जान उपयुक्त नभएको र नेकपाको कुनै एक पक्षलाई सर्मथन गरेर विपक्षमा नै बस्नुपर्ने धारणा राखे ।
फरक प्रसंगमा नेता केसीले कांग्रेसको आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया