आज पनि घट्यो सुनको मूल्य, कति छ तोलामा ?

काठमाडौं । शुक्रवार (आज) पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।

यसअघि बिहीवार प्रतितोला छापावाला सुनको मूल्य तोलामा ८६ हजार ५ सय रहेको थियो । त्यस्तै आज तोलामा ९ सयले कमि भइ प्रतितोला सुन ८५ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बुधवारको तुलनामा बिहीवार सुनको मूल्य तोलामा एक हजारले घटेको थियो ।

त्यस्तेै आज प्रतितोला तेजावी सुनको मूल्य तोलामा ८५ हजार १५० सय कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १२ सय ८५ रहेको थियो । आज मूल्य कमि आइ प्रतितोला चाँदीको मूल्य १२ सय ५० कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?