बिल्बाओ स्पेनिस ‘कोपा डेल रे’को फाइनलमा, उपाधिका लागि बार्सिलोनासँग भिड्ने

लोकपथ
0
Shares

काठमाडौं । जितसँगै एथ्लेटिक बिल्बाओ स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

बिहीवार राति भएको सेमिफाइनलको दोस्रो लेगमा लेभान्टेलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जितसहित बिल्बाओ फाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा दुई टोलीले १-१ गोलको बराबरी खेलेका थिए । लेभान्टेको मैदानमा भएको दोस्रो लेगमा बिल्बाओका लागि राउल गार्सिया र एलेक्स बेरेनगरले एक एक गोल गरे ।

घरेलु टोलीका रोजरले एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता लेभान्टेले बनाएको थियो । खेलको १७ औं मिनेटमा रोजरले गोल गरेका थिए ।

तर, ३० औं मिनेटमा गार्सियाले पेनाल्टीमा गोल गर्दै बिल्बाओलाई १-१ गोलको बराबरीमा ल्याए ।  खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको १ सय १२ औं मिनेटमा एलेक्सले गोल गर्दै बिल्बाओलाई २-१ ले जित दिलाए ।

अब बिल्बाओले उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ । बार्सिलोना यस अघि नै फाइनल पुगिसकेको छ ।

बार्सिलोना र बिल्बाओबीचको फाइनल खेल अप्रिल १७ मा हुनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?