सुत्नु अगाडि गर्नै नहुने गल्ती, नत्र झनै मोटाइन्छ

काठमाडौं – वजन नियन्त्रणमा राखि स्वस्थ्य र फिट रहन चाहनुहुन्छ ? यदी त्यसो हो भने राति तपाईले गर्ने केहि गल्तीका कारण तपाईको तौल नियन्त्रणबाहिर हुन्छ । राति सुत्नुअघि त्यस्ता केही गल्ती गरिन्छ जसले तौल बढाउन सहयोग गर्दछ । 

डिनरमा ओभरडाइटिङ

रातमा पाचन क्रिया सुस्त हुन्छ । यसले क्यालोरी बर्न हुन पाउँदैन । यसले गर्दा शरीरमा बोसो जम्मा हुन्छ । र तपाईमा मोटोपन बढाउँछ । त्यसैले टिभी हेर्दै डिनर नगरौँ । प्रोटिन र सागसब्जी बढी सेवन गरौँ ।

डिनर नगर्नु : 

मोटोपन एवं तौल घटाउनकै लागि कतिले रातीको खाना खाँदैनन् । यसले पनि राम्रो नतिजा दिँदैन ।

किनभने राती खाना नखाएपछि ‘मेटाबोलिजम’  सुस्त हुन्छ । बिहान उठेपछि धेरै भोक लाग्छ र धेरै खानेकुरा खाइन्छ ।

यदि राती धेरै भोक लाग्दैन वा खाना नरुच्ने भए सलाद, फलफूलको सेवन गर्ने गर्नुपर्दछ ।

डिनरमा भुटेको र तारेको खानेकुरा : 

राती स्वादिलो खाने निहुँमा भुटेको, तारेको खानेकुरा खाइन्छ । यसमा धेरै क्यालोरी हुन्छ । रातको समयमा शरीरले उक्त क्यालोरी बर्न गर्न सक्दैन । त्यसैले रातको खाना सकेसम्म सुपाच्य र हल्का हुनुपर्छ ।

डिनरमा कार्बोहाइड्रेटयुक्त खाना

पिज्जा, पास्ताजस्ता कार्बोहाइड्रेटयुक्त खानामा क्यालोरी धेरै हुन्छ । राती यस्तो खानेकुरा सेवन गर्दा फ्याट बढ्ने समस्याले सताउँछ ।

डिनरपछि स्न्याक्स खानु

कतिपयको बानी हुन्छ, डिनरपछि पनि स्न्याक्स खाने । यसले ओभरडाइटिङ हुन्छ । यसले स्वतः तौल बढाउँछ ।

आइसक्रिम वा मिठाई

रातको खानापछि आइसक्रिम, मिठाई खाने बानी पनि सही होइन । यसमा क्यालोरी धेरै हुन्छ ।

राती अबेरसम्म नसुत्ने

राती धेरै समय नसुत्ने बानीले पनि तौल बढाउँछ । जब निन्द्रा पूरा हुदैन ‘मेटाबोलिज्म स्लो’ हुन्छ, ‘फ्याट बर्न’ हुँदैन । त्यसैले भोक बढी लाग्छ ।

दैनिक ७ घण्टा नियमित सुत्ने गर्नुपर्दछ।

शहरी जीवनशैलीमा मोटोपना आम समस्याको रूपमा देखा परिरहेको देख्न सकिन्छ । मोटाउनु आफैँमा रोगलाई निमन्त्रणा गर्नु हो । त्यसैले नै मोटो हुनबाट जोगिनका लागि लागि व्यायाम गर्ने, खानपानमा नियन्त्रण गर्ने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?