कांग्रेसको शुक्रवार बोलायो संसदीय दलको बैठक

काठमाडौँ– कांग्रेसले संसदीय दलको बैठकपछि मात्रै सरकारमा सहभागिताबारे निर्णय लिने भएको छ । कांग्रेसले शुक्रवार बैठक बोलाइएको छ ।

बिहीवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले निकासका विभिन्न पक्षमा छलफल गरे पनि साझा धारणा बनाउन नसकेको हो । बैठकले संयमता र एकताका साथ मुलुक र संविधानको दूरगामी भविष्य तथा जनताको अपेक्षानुसार निर्णय लिने निष्कर्ष निकालेको हो ।

कांग्रेसभित्र पुनर्स्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक-फरक मत रहँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?