सीएमजी क्लबमा छापा: म्यानेजरसहित १० जना पक्राउ, २३ लाख रुपैयाँ बरामद

काठमाडौं- प्रहरीले ताहाचलस्थित प्लाटिनम होटलमा रहेको सीएमजी क्लबमा छापा मारेर म्यानेजरसहित १० जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीले क्लबमा अवैध क्यासिनो संचालन गरेको आरोपमा म्यानेजर महेश मल्ल सहित १० जनालाई पक्राउ गरेको हो । प्रहरीले क्लबका सहायक प्रवन्धक कमल देव चौधरी, एडमिन स्टाफ अजय यादव र क्यासियर सचिन वाग्लेसहित खेल्नेहरु भारतीय नागरिक रंजित कुमार जैसवाल, सोहन प्रसाद, मुमताज मिँया र शेख मुर्तुजा अलिलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट  झण्डै २३ लाख रुपैयाँ बरामद गरेको छ । उनीहरुको साथबाट नगद ८ लाख २६ हजार ९८० रुपैयाँ, ५ लाख ७० हजार बराबरको क्यासिनो क्वाइन, ९ लाखको चेक तासलगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता उमेश कुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा खेल्ने कार्यमा संलग्न ६ जना र खेलाउने कार्यमा संलग्न ४ जना रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?