विप्लव समूहका नेता कार्यकर्तालाई छाड्न सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले विप्लव समूहका हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको हो । प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न निर्देशन दिइएको छ भने  अन्यको हकमा सहजीकरण गरि छाड्न निर्देशन दिइएको छ ।

विप्लव समूहका १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् । २०७५  फागुन २७ मा प्रतिबन्ध लागेयता विप्लब समूहका २ हजार ९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए ।

मन्त्रालयको निर्देशनपछि काभ्रेको हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरियताका नेता धमेन्द्र बास्तोलालाई शुक्रवार नै रिहा गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?