मन्त्रिपरिषद्को निर्णय: विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

आजै बिहीवार बिहान मात्र सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको थियो  । सहमतिमा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने भएको छ भने विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।

तीन वर्षपछि ‘विप्लव’ सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले एउटै मञ्चबाट सम्बोधन गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?