कैलालीमा व्यापारी हत्याको योजनाकार सार्वजनिक, साबिती बयानमा के भनिन् ?

लोकपथ
0
Shares

टेकसिंह धामी /धनगढी – कैलालीको गोदावरी नगरपालिका-५ का स्थानीय व्यापारी शिवचरण रानाको हत्या गरेको अभियोग लागेकी एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले रानाको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेकी ३७ वर्षीया जयन्ती चौधरीलाई बिहिबार पत्रकार सम्मलेनमार्फत् सार्वजनिक गरेको हो।

सोही ठाउँकी ती युवतीले साबिती बयानका क्रममा रानाले आफूलाई सताइरहने गरेका कारण हत्याको योजना बनाएको प्रहरी समक्ष स्वीकार गरेकी छिन्।

No description available.

उनले आफ्ना नाता पर्ने एक युवक र उनका सहकर्मीलाई केही रकम दिएर रानाको हत्या गर्न लगाएको समेत स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

हत्यापछि फरार रहेका ती दुवै युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जवराले बताए।

No description available.

यही फागुन १५ गते निर्माणाधिन गेटा मेडिकल कलेज नजिकै धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा शिवचरण रानाको शव फेला परेको थियो।

यसअघि प्रकाशित समाचार पढ्नुहोस् : 
कैलाली युवक मृत्यु प्रकरण  : परिवारले बुझेनन् शव

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?